क्यानडा पठाइदिन्छु भन्दै १ करोड ६५ लाख ठगी गरेको आरोपमा घर्ती पक्राउ


काठमाडौं ।

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै १ करोड ६५ लाख रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भएका २९ वर्षीय रणबहादुर घर्ती रहेका छन् छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको हो ।

उनले शिवराम थापा समेत ८ जनालाई क्यानडा जान ३५ लाख लाग्ने र मासिक ४ लाख रुपैयाँ कमाइ हुने आश्वासन देखाउँदै पीडितहरुलाई प्रलोभनमा पारी रकम असुलेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ

पक्राउ परेका घर्तीलाई कारबाहीका लागि बैदेशिक रोजगार विभाग ताहचलमा पठाइएको छ ।