सुनसरीबाट २४५ किलो गाँजा बरामद


सुनसरी ।

सशस्त्र प्रहरीले सुनसरीबाट २ सय ४५ किलो गाँजा बरामद गरेको छ । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट सशस्त्र प्रहरीले आज करिब २ सय ४५ किलो गाँजा बरामद गरेको हो।

सप्तकोसी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाँधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युब सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको जनाएको छ।

बरामद गाँजा र ट्युब आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ।