शाम्बलाको प्रिमियरमा बलिउडको सहभागिता


काठमाडौं ।

मीनबहादुर भाम निर्देशित फिल्म शाम्बालाको आइतबार राजधनीमा प्रिमियर शो गरिएको छ। राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा आयोजित प्रिमियरमा बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्धिन सिद्धिकीको समेत सहभागीता रहेको थियो भने उनीहरू प्रिमियरमा आकर्षणको पात्र बनेका थिए।

प्रिमियरमा भामसहित फिल्मका कलाकार थिन्ले ल्हामो, सोनम तोप्दने कास्ट एण्ड क्रुकासाथै कला र राजनीतिक क्षेत्रका व्यक्तिहरूको बाक्लो सहभागीता रहेको थियो। समारोहमा निर्देशक कश्यप र अभिनेता सिद्दिकीले नेपाली फिल्म क्षेत्रको प्रशंसा गर्दै भामको निर्देशकीय कलाको प्रशंसा गरे।

सिद्दिकीले आफू नेपाल पहिलोपटक आएको जनाउँदै साम्बाला फिल्म हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताए। ‘म नेपाल पहिलोपटक आएको हुँ, साम्बाला हेर्नै भनेर यहाँ आएको हुँ। फेरि पनि नेपाल अवश्य आउनेछु’ उनको भनाई थियो। निर्देशक कश्यपले नेपाली फिल्म क्षेत्रको स्तरोन्नति हु“दै गएकोमा प्रशंसा गरे।

नेपालको कर्णाली प्रदेशमा प्रचलित बहुपती प्रथाको कथा बुनिएको फिल्ममा बिवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चित्रीत गरिएको छ। शाम्बाला विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रर्दशनपछि शुक्रबार नेपालभर रिलिज हु“दैछ।