मनी हाइस्ट : जसमा बन्धकको अपहरणकारीसँगै बस्छ माया

0
Shares

मनोरञ्जनको दुनियाँमा वेब सिरिजकको स्थान बेग्लै छ। वेब सिरिजको दुनियाँमा लोकप्रिय सिरिजको कुरा गर्नु पर्दा मनी हाइस्टको नाम पनि अगाडि नै आउँछ। एलेक्स पिनाद्वारा निर्देशित यो स्पेनिस वेब सिरिजले विश्वव्यापीरूपमा तरंग पैदा गरेको छ। थ्रिलर र सस्पेन्सले भरिएको आपराधिक कहानीको यो वेब सिरिजले आधा दुनियालाई स्टकहोम सिन्ड्रोमको सिकार बनाएको थियो। सिरिजमा अलवारो मोर्टेलका साथमा सिलेन ओलिभेरा, एन्ड्रेस डे फोनोलोसो, एनिबल कोर्टेस, अगाटा जिमेनेज, रिकार्डो रामोस, मिर्को ड्रयाजिकलगायतले अभिनय गरेका छन्। ओटीटी प्लेटफर्म नेटफ्लिक्समा सन् २०१७ मा रिलिज गरिएको मनी हाइस्टको अन्तिम र पाँचौं भाग सन् २०२१ मा रिलिज भएको थियो। विभिन्न रेकर्ड राख्न सफल यो सिरिज अझैसम्म पनि नेटफ्ल्क्सिमा सर्वाधिक हेरिने सिरिजमा पर्दछ। 

-यो सिरिज प्रोफेसर नामक पात्रको एक आपराधिक योजनामा आधारित छ। जसले स्पेनको शाही टकसारमा अर्बाैं युरो छाप्ने र बैंक अफ स्पेन लुटेर इतिहासको सबैभन्दा ठूलो डकैती गर्ने योजना बनाएको हुन्छ। उसले आफ्नो महत्वाकांक्षी योजना पूरा गर्नका लागि आठ व्यक्ति भर्ती गर्दछ। जोसँग विभिन्न खालका क्षमता हुन्छ।

-आठजना लुटेरा कयौँ मानिसलाई बन्धक बनाएर आफू पनि तीनै बन्धकका साथ बस्छन्। उनीहरू आफ्नो योजनालाई सार्थकका दिन प्रहरीलाई दबाब दिइरहन्छन्। जसमा उनीहरूले बैंकमात्र नभई मानिसको मनसमेत लुट्छन्। 

-मनी हाइस्टमा अपहरण गरिएका व्यक्ति र अपहराणकारीबीचको समयसँगै भावनात्मक सम्बन्ध र स्टकहोम सिन्ड्रोमको तत्व विकसति हुन्छ।

– स्टकहोम सिन्ड्रोम एक मनोवैज्ञानकि घटना हो, जसमा बन्धकको अपहरणकारीप्रति स्नेह वा सहानुभूतिको भावना विकास हुन्छ। 

– मनी हाइस्टमा केही बन्धकबीच भावनात्मक र रोमान्टिक सम्बन्धको विकास हुन्छ। मोनिका र डेनभरनामक पात्रबीच शाही टक्सारको डकैतीका समयमा शारीरिक सम्बन्धसमेत हुन्छ। त्यसपछि ती बन्धक महिला लुटेराकै मेम्बर बन्छिन्।

– यसमा प्रोफेसरका रूपमा अभिनय गरेका अभिनेता अलवारो मोर्टे यो सिरिजको रिलिजसँगै विश्वव्यापीरूपमा चर्चित बन्न पुगे। सानैदेखि हिरो बन्ने लक्ष्य पालेका उनले कयौं  सिरिजमा अभिनय गरेका थिए। सुरुआती चरणमा लामो कपाल पालेका कारण उनलाई भिखारीको रोलका लागि मात्र अफर आउथ्यो। जसका कारण दिक्क भएर उनले आफ्नो लामो कपाल काटेका थिए। 

-उनलाई पत्नीले समेत तिमीले अभिनयको दुनियाँमा जिन्दगीमा कहिल्यै सफलता पाउँदैनौं भन्ने गरेकी थिइन्। तर, उनले मनी हाइस्टमार्फत ४४ वर्षको उमेरमा वल्र्डवाइड सफलता पाए।

– विश्व इतिहासमा सबैभन्दा ठूलो नगद चोरीको घटना भने सन् २००३ मा इराकको केन्द्रीय बैंकमा भएको थियो। सो बैंकमा लगभग १ बिलियन डलर चोरी भएको थियो। सो घटना सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेको केही समयपछि भएको थियो।

-मानिसले आफू अपहरणमा प¥र्यो भने पक्कै पनि अपहरणकारीलाई घृणा गर्छ। तर, विश्वमा यस्तो घटना पनि छ, जसमा अपहरणकारीसँग प्रेम सम्बन्ध बन्न पुग्छ। सन् १९७३ मा स्विडेनको राजधानी स्टकहोममा एरिक ओलसननामक लुटेराले बैंकका ४ कर्मचारीलाई अपहरण गरेका थिए। तीन महिला र एक पुरुषलाई ६ दिनसम्म बन्धक बनाएर राख्दा ती कर्मचारी अपहरणकारीसँग भावनात्मक रूपमा यति नजिकिए कि ती व्यक्ति उल्टै प्रहरीसँग डराउन थाले र आफूहरूलाई बन्धक बनाउने व्यक्तिकै बचाउमा उत्रिन थाले। 

ती व्यक्तिले बन्धक कर्मचारीलाई अत्यन्तै राम्रो व्यवहार गरेका कारण प्रहरीले ओल्सनलाई जेल चलान गरेपछि पनि सहयोग उठाएर उनलाई जेलमा भेट्न जान्थे। यस प्रकारको घटनाले संसारभर सनसनी मच्चिएपछि मनोवैज्ञानिकहरूले ती व्यक्तिको अवस्थालाई स्टकहोम सिन्ड्रोम भन्ने नाम दिएका हुन्। यस घटनामाथि सिक्स डेज इन अगस्टनामक किताब पनि लेखिएको छ।