भदौ २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल


मेष: समय बलवान् छ । धनलाभ, समस्या समाधान, पठनपाठनमा सफलता हुने देखिन्छ ।

वृष: समय शुभ भएकाले पैसा लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता होला ।

मिथुन: समय शुभ छ । थोरै परिश्रमले कार्य सफल, सन्तान–सुख, धन लाभ हुने देखिन्छ ।

कर्कट: दिन शुभ छैन । त्यसैले अपच, दिनचर्या अस्तव्यस्त, विवाद नहोला भन्न सकिन्न ।

सिंह: दिन उत्तम फलदायक छ । पैसा लाभ, मान–सम्मान, उन्नति–प्रगति हुने सम्भावना छ ।

कन्या: समय बलबान् छ । धनलाभ, सुख–सन्तोष, उपलब्धिमूलक कार्यमा लगानी हुने देखिन्छ ।

तुला: भाग्य चम्केको छ । धन, उपहार, कोसेली, उत्तम भोजन प्राप्तिका साथै कार्य सफल होला ।

वृश्चिक: समय अनुकूल नभएकाले अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटकको सम्भावना छ ।

धनु: थोरै प्रयासमा पनि विविध वस्तु वा सेवाको लाभ, मीठो भोजन, पैसा प्राप्ति हुने देखिन्छ ।

मकर: समय बलवान् छ । सुख–सन्तोष, कार्यसिद्धि, निरोगिता, जोश–जाँगर बढ्ने सम्भावना छ ।

कुम्भ: शुभ समयको आगमन भएकाले राज्यबाट सुख, व्यापारिक सफलता, यश–ऐश्वर्य वृद्धि होला ।

मीन: समय त्यति शुभ देखिँदैन । बिरामी, कार्य बाधा, धन हानि हुन सक्छ, सजग रहनुहोला ।