भदौ २० गते बिहीबार, यस्तो छ तपाईंको राशिफल


मेष : दिन उत्तम फलदायक छ । पैसा प्राप्ति, शत्रु विजय, खेल–परीक्षामा सफलता होला ।

वृष : सानो परिश्रमबाट पनि काममा सफलता, सन्तान–सुख, धन प्राप्तिको सम्भावना छ ।

मिथुन : दिन त्यति अनुकूल छैन । अपच, दिनचर्या अस्तव्यस्त, परिवारमा विवाद हुन सक्छ ।

कर्कट : समय शुभ छ, प्रयास नछोड्नुस् । पैसा प्राप्ति, सम्मान बढ्ने, उन्नति हुने देखिन्छ ।

सिंह : सानै प्रयासमा धनलाभ होला । मन स्थिर, सुख–सन्तोष, उपलब्धिमूलक लगानी होला ।

कन्या : समय बलवान् छ । धन, कोसेली, पुरस्कार प्राप्ति, उत्तम भोजन, कार्य सफल हुनेछ ।

तुला : सजग रहनुस्, अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटकको सम्भावना देखिन्छ ।

वृश्चिक : समय शुभ छ । विविध वस्तु वा सेवाको लाभ, मीठो भोजन, पैसा प्राप्ति हुन सक्छ ।

धनु : दिन शुभ छ । सुख–सन्तोष, काममा सफलता, क्षमता वृद्धि हुने सम्भावना छ ।

मकर : दिन धेरै शुभ छ । राज्यबाट सुख–सन्तोष, व्यापारमा सफलता, ऐश्वर्य वृद्धि हुनेछ ।

कुम्भ : दिन अनुकूल छैन । बिरामी पर्ने, कार्यमा व्यवधान, धन हानि नहोला भन्न सकिन्न ।

मीन : समय शुभ आएकाले धनलाभ, समस्याको समाधान, पठनपाठनमा सफलता हुने देखिन्छ ।