जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ


काठमाडौं।

तनहुँको व्यास नगरपालिका-१० अधेरी भञ्ज्याङ बस्ने ४२ वर्षीय मनभुजा कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा कुमाल समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय १० रूपैयाँ र ८० पत्ति तास सहित पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-६ धुराफाँटस्थित तारा कुमार श्रेष्ठको अश्विन होटल तथा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५१ वर्षीय शुक्रलाल वाईवा समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ सय ४५ रूपैयाँ र ५ सय ३२ पत्ति तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।