वाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत फेला


काठमाडौँ।

ललितपुरको भैंसेपाटीस्थित वाइबल स्कुलको होस्टमा एक जना विद्यार्थी मृत फेला परेका छन् ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङ घर भएका २० वर्षीय सकलु मर्डी होस्टेलमै मृत भेटिएको प्रहरीले जनाएको छ।

उनी शनिबार मृत भेटिएका थिए । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।