मनाङ केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौँ।

मनाङमा आज बिहान भूकम्प गएको छ । बिहान ३:४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो ।