तीज मनाउनेक्रममा अनावश्यक तडकभडक नगर्न काठमाडौँ प्रशासनको आग्रह


काठमाडौँ ।

 जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउँदै गरेको तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न आग्रह गरेको छ ।

प्रशासनले विहिबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।

साथै प्रशासनले अनावश्यक तडक भड्क र खर्चिलो हुने गरी तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरी कानुन अनुसार कारबाही हुने स्पष्ट गरेको छ ।