ई–सिगरेट पिउन ठीक हो कि होइन ?


अहिलेका कतिपय किशोरकिशोरी परम्परगत चुरोट, बिंडीभन्दा ई–सिगरेट राम्रो हो भन्ने भ्रममा परेर लतमा फस्दै गएको पाइन्छ । भेप्स वा इलेक्ट्रोनिक सिगरेट पनि भनिने ई–सिगरेट परम्परागत चुरोटजस्तै हानिकारक र लत लाग्ने किसिमको भएकाले यसको उत्पादन र प्रयोग रोक्नुपर्ने आवाज उठ्न थालेको छ । ई–सिगरेटहरूमा लिक्विड निकोटिन हुन्छ । र, तातो वाष्पको रूपमा शरीरमा प्रवेश गरी यसले हानि पु¥याउने गर्दछ ।

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले परम्परागत सिगरेटभन्दा ई–सिगरेट तुलनात्मकरूपमा कम हानिकारक भए पनि यो लत लाग्ने किसिमको हुने र यसले स्वास्थ्यमा हानि पु¥याउने भएकाले विशेषगरी युवाहरूलाई यसबाट टाढै रहन र अरूले उपभोग गरेको स्थानमा पनि नजान सुझाव दिएको छ ।
डब्लुएचओका अनुसार ई–सिगरेटमा हुने निकोटिन र अन्य रसायनहरूले स्वास्थ्यमा नकारात्मक असर पु¥याउनसक्छ । यसका कारण मुटुरोग, श्वासप्रश्वाससम्बन्धी समस्या, र अन्य दीर्घकालीन स्वास्थ्य जोखिम हुन सक्छन् ।

विभिन्न अनुसन्धान प्रतिवेदनहरूमा ई–सिगरेटमा निकोटिनलगायत अन्य हानिकारक रसायन तथा अत्यधिक नसालु पदार्थ हुने र यसले मुटुको धड्कन बढाउने, श्वासप्रस्वाससम्बन्धी समस्या ल्याउने, उच्च रक्तचाप तथा मुटु रोगको सम्भावना बढाउनसक्ने भएकाले यसको प्रयोग नगर्न सल्लाह दिइएको छ । ई–सिगरेट प्रचलनमा आएको केही दशकमात्र भएकाले यसका हानिकारक पक्षबारे अझै राम्ररी अध्ययन भइनसकेको र अहिलेसम्म भएका अध्ययनले यो लगभग परम्परागत चुरोटजस्तै हानिकारक भएकाले यसको प्रयोग र प्रभावबाट अलग रहन स्वास्थ्य विज्ञहरूको सुझाव छ ।