युवाका लागि मुख्य १० जागिर


विश्वका मानिस इन्टरनेटको सहयोगले नजिकिएका छन् । अब नोकरी पाउन एकै देशमा बसिरहनुपर्छ भन्ने छैन । युवाको आकर्षण रोजगारीको गन्तव्य विश्वभरि छ । युवा र वयस्क उमेर समूहका मानिसको प्रमुख रोजगारी निम्न छन् ।

१. दीगो ऊर्जा विशेषज्ञ
ऊर्जा भनेको शक्ति हो । दीगो ऊर्जा भन्नेबित्तिकै वातावरणलाई असर नपु¥याई ऊर्जाको विकास गर्ने विशेषज्ञलाई दीगो ऊर्जा विशेषज्ञ भनिन्छ । विश्व विकास त भयो, तर दीगो रूपमा विकास भएन । त्यसैले पनि अहिलेका युवा तथा वयस्कले दीगो ऊर्जा विशेषज्ञका रूपमा विश्वभर जागिर पाउँछन् । ऊर्जाको स्रोत नवीकरणीय र अनवीकरणीय गरी दुई प्रकारका छन् । यसमा सौर्य ऊर्जा र हावाबाट ऊर्जा उत्पादन हो । विश्वले यी क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति खोजिरहेको छ ।

२. डिजिटल सामग्री निर्माता
अहिलेको आधुनिक दुनियामा सामाजिक सन्जाल, युटुब, फेसबुक, इन्स्टग्रामलगायत सामग्रीको प्रयोगकर्ताको संख्या बढ्दै गइरहेका छन् । यस्ता सामाजिक सञ्जालमा सामग्रीलाई प्रभावकारी तरिकाले राख्न दक्ष जनशक्तिको आवश्यक पर्दछ । जुन व्यापारिक किसिमका सामग्री बढी हुन्छन् । जसको माग विश्वबजारमा उच्च छ ।

३.स्वास्थ्य र कल्याण प्रशिक्षक
विश्वलाई रोग, भोग र गरिबीले सताउँदैछ । स्वास्थ्यप्रति मानिस सचेत हुँदैछन् । स्वास्थ्य र कल्याण प्रशिक्षकको माग विश्वबजारमा बढ्दै छ । त्यसैले विश्वबजार युवा र वयस्कको प्रमुख गन्तव्य हुँदै गइरहेको छ ।

४. साइबर सुरक्षा विश्लेषक
विश्वमा इन्टरनेटको सुविधासँगै साइबर सुरक्षा पनि चुनौती बन्दै गइरहेको छ । इन्टरनेटको सहयोगबाट विश्व एक भएको छ । यसको चुनौती समाधान गर्न साइबर सुरक्षा गर्ने विश्लेषकको आवश्यक विश्वमा नै प्रचुर छ ।

५. एप विकासकर्ता
व्यापारिक प्रयोजनका लागि एपको प्रयोग विश्वभर नै हुने गरेको छ । यो सरकारी र गैरसरकारी सबै कार्यालयले आफ्नो सस्थाको नामबाट एप बनाउने गरेका छन् । एप बनाउनका लागि विश्वको जुनसुकै ठाउँबाट बनाउन सकिने भएको हुनाले यसको माग विश्वबजारमा उच्च छ ।

६. सामाजिक प्रभाव सल्लाहकार
कुनै पनि उद्योग तथा कलकारखाना स्थापना गर्दा वा समाजसँग जोडिएर गर्ने क्रियाकलापका लागि सामाजिक प्रभाव सल्लाहकारको आवश्यकता पर्दछ । जुन कार्य गरेर समाजलाई कति असर गर्दछ, समाजसँग गर्न लागेको कार्यलाई समाजका व्यक्तिलाई कसरी बुझाउन सकिन्छ भन्ने विषय चुनौतीपूर्ण बन्दै गइरहेको छ । त्यसैगरी, समाजमा कुनै पनि विकास वा कुनै पनि क्रियाकलाप गर्दा कस्तो असर गर्दछ भन्ने विषयका लागि सामाजिक प्रभाव सल्लाहकारको आवश्यकता पर्दछ । त्यसैले युवा वा वयस्क अवस्थाका लागि विश्वबजारमा समाजिक प्रभाव सल्लाहकारको आवश्यकता महत्वपूर्ण अवसरको रूपमा विकास भइरहेको छ ।

७. युएक्स डिजाइनर
कुनै पनि वेबसाइट वा डिजिटल सामग्रीमा उपभोक्तामैत्री डिजाइन कसरी तयार पार्नु युएक्स डिजाइनर हो । यो उपभोक्ताले प्रयोग गर्ने डिजिटल सामग्रीलाई सजिलो र आकर्षित तरिकाले प्रयोग गर्नसकिने गरी तयार पर्नुपर्दछ । यसमा कुनै सामग्रीको खोल पनि हुनसक्छ । त्यसैले युएक्स डिजाइनरको विश्वबजारमा माग उच्च रहेको छ । यसमा भारत, अमेरिका, क्यानडा, अस्ट्रिेलियालगायत मुलुकमा यसको माग उच्च छ ।

८. रिमोट वर्क विशेषज्ञ
रिमोट वर्क भन्नाले आफू बसेको ठाउँभन्दा टाढाटाढा रहेको कम्पनीमा काम गर्नु रिमोटवर्क भनिन्छ । अहिले विश्वबजारमा सीसीटीभी लगाइ वा सम्झौता गरेर पनि रिमोट जब गर्ने गरिएको छ । यो विशेषगरी आईटी क्षेत्रमा रहेर काम गर्ने चलन उच्च छ । जसमा विभिन्न सफ्टवेयर, एप्स, वेबसाइटजस्ता काम गर्ने गरिएको छ । यसको माग पनि विश्वबजारमा उच्च छ ।

९. ईखेल व्यावसायिक
यस भित्री विश्वको कुनै पनि ठाउँमा बसेर इन्टरनेट र कम्प्युटरको सहायताले खेलाइने वा खेलिने खेल यसभित्र पर्दछ । जसमा भिडियो खेम, तास, पब्जीलगायत खेल पर्दछन् । जसलाई चलाउने दक्ष जनशक्तिको माग विश्वबजारमा उच्च रहेको छ ।

१०. मानसिक स्वास्थ्य विशेषज्ञ
विश्वबजारमा मानसिक रोगीको संख्या दिनानुदिन बढिरहेको छ । इसं २०१९ मा विश्वभरि ९७० मिलियन मानिस मानसिकरोगी रहेका छन् । मानसिक स्वास्थ्यमा विशेषज्ञ विश्वबजारमा प्रचुर संभावना भएको क्षेत्र हो । यसको माग बेलायत, अस्ट्रेलिया, फ्रान्सजस्ता मुलुकमा रहेको छ ।