स्विस सुपरस्टार टेनिस किङ रोजर फेडेरर

0
Shares

रोजर फेडेरर स्विट्जरल्यान्डका सुपरस्टार खेलाडी हुन् । सन् १९८१ मा बसेलमा जन्मेका स्विट्जरल्यान्डका सदाबहार खेलाडी फेडेरर आफ्नो देशमा मात्रै होइन, विश्व टेनिस जगतका सुपरस्टार खेलाडीसमेत हुन् । फेडेररले २० ग्रान्डस्लाम उपाधि जितेका छन् । ग्रान्डस्लाम उपाधि जित्ने मामिलामा राफायल नाडाल (२२) र नोभाक जोकोभिच (२४) पछि उनी तेस्रो स्थानमा पर्छन् । यद्यपि उनको नेटवर्थ प्रतिद्वन्द्वी राफायल नाडाल र नोभाक जोकोभिचको भन्दा दोब्बर छ ।

सन् २००३ देखि ग्रान्डस्लाम उपाधि जित्न शुरू गरेका उनले कुल २० ग्रान्डस्लाम जित्दा सर्वाधिक ८ विम्बल्डन उपाधि जितेका छन् । यस्तै, अन्य ग्रान्डस्लामतर्फ उनले सन् २००९ मा फ्रेन्च ओपन एकपटक जिते भने यूएस ओपन ५ पटक र अस्टे«लियन ओपन ६ पटक जितेका छन् । फेडेररले वर्षमा हुने चारै ग्रान्डस्लाम जितेका छन् । उनले बेइजिङ ओलम्पिक २००८ मा एउटा स्वर्ण पदक पनि जितेका थिए ।

टेनिसको शीर्ष स्थानमा लामो समयसम्म बस्ने कीर्तिमान राखेका उनी लगातार २ सय ३७ साता एटीपीको शीर्ष स्थानमा रहेका थिए । समग्रमा उनी २ सय ८५ साता शीर्ष स्थानमा रहेका थिए भने
१ सय ३ उपाधि जितेका छन् । उनी सन् २००५ देखि २००८ सम्म लगातार चार वर्ष लउरेन्स वल्र्ड स्पोटर््सम्यान पुरस्कारबाट पनि सम्मानित भएका थिए ।

थप जानकारी

-१ विलियन डलर आम्दानी गरेर सन् २०२३ मा फोब्र्स म्यागेजिनको सर्वाधिक कमाउने सूचीको शीर्ष १० मा पुग्न सफल
-आफ्नो करिअरमा जितेको पुरस्कार रकम १३० मिलियन डलर

-रोलेक्स, नाइकी, विल्सन स्पोर्टिङ गुड्स इत्यादिको विज्ञापनबाट कमाएको ९५ मिलियन डलर

-नाइकीसँग सन् २०१८ सम्म प्रतिवर्ष १० मिलियन डलरको सम्झौता

-त्यसपछि जापानको लुगा कम्पनी युनिक्लोसँग प्रतिवर्ष ३० मिलियन डलरमा सम्झौता

-नेटवर्थ ५५० मिलियन डलर रहेको छ भने उनको करिअरकै कुल आम्दानी १ बिलियन डलर

-भवितव्यबाट घाइते भएका एवम् असहायलाई सहयोग गर्न सन् २००३ मा रोजर फेडेरर संस्था स्थापित

-सन् २००५ मा यूएस ओपन उपाधि दिलाएको आफ्नै ¥याकेट बेचेर आएको रकमले कटरिना आँधीबेरीबाट घाइते हुनेहरूलाई सहयोग

-सन् २००४ मा हिन्दमहासागरमा आएको सुनामी पीडितहरूलाई सहयोग गर्न प्रदर्शनी खेल खेल्नुका साथै दक्षिण अफ्रिका र भारतको सुनामीपीडित तामिलनाडु राज्यको स्थलगत भ्रमण

-सन् २०१० मा हाइटीका भूकम्पपीडितका लागि पनि यस्तै खेल आयोजना ।

गोल्डेनस्लाम जित्न नसकेको

ग्रान्डस्लाम उपाधि २० वटा जितेका फेडेररले ओलम्पिक्सको गोल्डेनस्लाम भने जित्न सकेनन् । उनले सन् २००८ को बेइजिङ ओलम्पिक्समा डबल्सतर्फ गोल्ड मेडल जिते । तर, सन् २०१२ को लन्डन ओलम्पिक्सको सिंगल्सतर्फ फाइनल पुगे पनि सिल्भरमै चित्त बुझाउनुप¥यो । उनी फाइनलमा ग्रेट ब्रिटेनका एन्डी मुरेसँग अप्रत्यासित रूपमा पराजित भएका थिए । यो मौका गुमाएसँगै फेडेररले ओलम्पिक्समा कहिल्यै गोल्ड मेडल जित्न सकेनन् ।

फेडेररका हालसम्मका ग्रान्डस्लाम उपाधि

६ अस्टे«लियन ओपन : २००४, २००६, २००७, २०१०, २०१७, २०१८

१ फ्रेन्च ओपन : २००९

८ विम्बल्डन टेनिस : २००३, २००४, २००५, २००६, २००७, २००९, २०१२, २०१७

५ यूएस ओपन : २००४, २००५, २००६, २००७, २००८