बलात्कार आरोपमा प्रहरी जवानविरुद्ध मुद्दा दर्ता

4.98k
Shares

धादिङ ।

३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय धादिङले आइतबार मुद्दा दर्ता गरेको छ ।
गुल्मी जिल्ला इस्मा गाउँपालिका–२ निवासी ३२ वर्षीय फुर्साबहादुर मुखियाले महिलालाई ०८१ असार १० गते धादिङ जिल्ला पीडितको घरमा बलात्कार गरेको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी तथा सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा २१ गते उजुरी दिएकी थिइन् । पीडितको धादिङ अस्पतालमा साउन २१ गते स्वास्थ्य परीक्षण भएको थियो । घटनाको अनुसन्धान गर्न जिल्ला अदालत धादिङले ७ दिनको म्याद दिएको छ ।