सवारी दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं।

चितवन, भरतपुर महानगरपालिका-९ शिवालय मन्दिर नजिक सडकमा ना.५ च १०५३ नम्बरको गाडीले ना.५६ प ४११५ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका-८ गौरीगन्ज बस्ने ६१ वर्षीया बिष्णुकला गौतमको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, रामगोपालपुर नगरपालिका-४ बिचला चोकस्थित सडकमा रामगोपालपुर चोकबाट दोलाठीतर्फ जाँदै गरेको प्रदेश २-०२-००५ प १८०० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ बस्ने ७० वर्षीय देव नारायण महतोको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्वस्तिका हेल्थकेयर हस्पिटल प्रालि जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।