एनसेल सेवामा अचानक समस्या


काठमाडौँ।

एनसेलको सेवामा आज अचानक समस्या आएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ । दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको एनसेलले जानेको छ।

आफ्नो सेवामा समस्या आएपछि एनसेलले अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ ।

एनसेलको सेवा रोकिँदा उपभोक्ता प्रभावित भएका छन् ।