१८ देशका राजदूतको सुनवाइ भोलिदेखि


काठमाडौँ ।

 केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको भोली देखी सुनवाइ सुरु हुने भएको छ । 

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवार देखि सुरु हुन लागेको हो  । 

 संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

 उनका अनुसार सो सुनवाइ प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० वाट सुरु हुनेछ ।