उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच भेटवार्ता


काठमाडौं ।

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह तथा भारतीय विदेश सचिव विक्रम मिस्री बिच भेटवार्ता भएको छ।

दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय विदेश सचिव मिस्री आज उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार पुगेका हुन्। उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।