रातिदेखिको वर्षाले गगनसिंह दरबारको पर्खाल भत्कियो


काठमाडौं ।

रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर-१९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको पर्खाल  भत्किएको छ।  सोमबार बिहान करिब ७:५५ बजे  भूक्षयसँगै दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो।