भारतीय विदेश सचिव मिस्री आज स्वदेश फर्किँदै


काठमाडौं ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्री आज स्वदेश फर्किँदै छन्। परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका विदेश सचिव मिस्त्रीले आइतबार उच्च स्तरीय भेटवार्ता गरेका छन्। आइतबार नै विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए।

त्यस्तै, उनले आइतबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटवार्ता गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार मिस्रीको भ्रमणले दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ।

विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरी नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ।