अध्यक्ष ओलीसहित एमाले कार्यकर्ता मार्ने धम्की दिने गजुरीका कर्मचारी पक्राउ

15.2k
Shares

धादिङ । 

 प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष  केपी ओलीसहित गजुरी गाउँपालिकाका एमाले कार्यकर्ताहरुलाई मार्ने धम्की दिने गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामालाई इलाका प्रहरी कार्यालय गजुरीले आइतबार पक्राउ गरेको छ । केपी  ओली प्रधानमन्त्री भएपछि पटक पटक गाली गलौज गर्दै सामाजिक सञ्जाल फेसबुकमा ओलीसहित १७ हजारलाई एक महिनामा मार्ने धम्कीपूर्ण स्टाटस लेखेका थिए । 

लामालाई समाजिक संजालमा लेखिएको, प्रेस विज्ञप्ति, र स्थानीय नागरिकहरुबाट व्यापक गुनासो आएपछि आईतबार पक्राउ गरी हिरासतमा अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए । 
  खेलकुदका प्रशिक्षकमा १ वर्षअघि नियुक्ति लिएका राजन लामाले काट्ने, मार्ने, धम्क्याउने शब्दावली  प्रयोग गरी  एक महिनादेखि निरन्तर फेसबुक स्टाटस मार्फत धम्कीपूर्ण स्टाटस लेख्दै आएका छन् । 

गजुरी गाउँपालिका वडा नम्बर ६ का नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई गजुरी गाउँपालिकाले खेलकुद प्रशिक्षकको रुपमा भर्ना गरिएको थियो ।  
एमाले कार्यकर्तालाई छानी छानी १ महिनामै १७ हजार मारिने छ भनी मिति ०८१ साउन २५ गते खेलकुद प्रशिक्षक  लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग र नेपाल सरकारको विचमा भइरहेको ूडेडिकेटेड फिडर तथा ट्रङ्ग लाईनको विद्युत् महसुल विवाद समाधानू सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा लेखेको धम्कीपूर्ण लेख (स्टाटस) ले नेकपा (एमाले) गजुरी गाउँपालिका कमिटीको गम्भीर  ध्यानाकर्षण भएको नेकपा एमाले गजुरीले प्रेस विज्ञप्तिमा प्रकाशन गरी उल्लेख गरेको  छ । 

पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री केपी  शर्मा वली विरुद्ध अत्यन्तै तथ्यहिन र भ्रामक कुरा लेख्दै आईरहेकोमा त्यस्तो नगर्न सुझाव दिँदा एमालेका स्थानीय नेता कार्यकर्ताको जुनसुकै बेला ज्यान लिन सक्ने धम्की दिँदै लामाले फेसबुक स्टाटसहरु लेख्ने गरेको नेकपा एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले बताए । 

स्थानीय तहमा कार्यरत कर्मचारी भएपनि लामाले पुष्पकमल दहाल प्रधानमन्त्रीबाट हटेर केपी  शर्मा वली प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री ओलीबिरुद्ध गाली गलौज गर्दै ओलीको ज्यान लिनेसम्मको धम्की दिएर फेसबुकमा लेख्दै आइरहेको नेकपा एमाले धादिङका जिल्ला कमिटी सदस्य समेत रहेका गजुरी गाउँपालिकाका कार्यपालिका सदस्य आयुष प्रजाले बताए । लामाले आयुष लाई समेत ज्यान लिने धम्की दिएको फेसबुक स्टाटसमा स्पष्ट देख्न सकिन्छ । 
लामाले शक्तिको आडमा सामाजिक सञ्जाल मार्फत  विशेष गरी नेकपा एमाले विरुद्ध अफवाह फैलाउनुका साथै त्यस्को प्रतिवाद गर्ने व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर लामो समय देखि आतङ्क मच्चाउँदै आइरहेको नेकपा एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले बताए । 

लामाको व्यवहार गलत भएको बारेमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक सचेत गराउँदा पनि श्रेष्ठले कारबाही गर्नुको साटो संरक्षण दिँदै आएकाले कानुनी उपचारमा जान आफूहरूलाई बाध्य बनाएको अध्यक्ष मिजारले बताएका छन् । लामालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय गजुरीमा आइतबार उजुरी दर्ता गराइएको मिजारले जानकारी दिए । 

लामा २०८० भदौ १३ गते देखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षक पदमा कार्यरत छन्  । सरकारी कर्मचारीको हैसियतमा भएर पनि सामाजिक सञ्जालको दुरुपयोग गरी धाक धम्की, डर त्रास देखाउने काम लामाले गर्दै आएको र त्यस्तो नगर्न सुझाव दिँदा उल्टै आफ्ना साथीहरूको ज्यान लिने धम्की दिएको भन्दै नेकपा एमाले गजुरी गाउँपालिकाले इलाका प्रहरी कार्यालय गजुरी र गजुरी गाउँपालिकामा पटक पटक ध्यानाकर्षण गराएपनि कुनै कारबाही नभएपछि उनको मनोबल बढेको एमाले गजुरीका पूर्व अध्यक्ष माधव भण्डारी बताउँछन् ।