बौडी पहिरोमा परेर चार घाइते 

दर्जनौँ पसुचौपाय पुरिए

140
Shares

 बाजुरा। 

बाजुराको हिमाली गाउँपालिकाको वडा नं तिनको बौडी पहिरोमा परी ४ जना घाइते भएका छन् । खर्कबाट घर फर्किने क्रममा बीच बाटोमा आएको पहिरोमा परि तीन वालिकासहित एक जना वृद्ध घाइते भएका हुन् । घाइते हुनेमा  हिमाली गाउँपालिका वडा नं तिन बौडीकी  १३ वर्षीया प्रेमकला बुढा, १० वर्षीया ललिता बुढा,  मानबहादुर रोकायाकी १५  वर्षीया  अनिता रोकाया र ५० वर्षीय हंस बुढा हुन् ।

 छिमेकी जिल्ला हुम्लाको  ताँजाकोट स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी आएर उनीहरुको उपचार गरेको जिल्ला प्रहरीकार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक  दिलीप कुमार गिरीले बताए  । अवस्था सामान्य  रहेको छ प्रनाउ गिरीले भने  । 

घाइतेको टाउको, आखाँ ढाड, कम्मर, तिर्खा र हात खुट्टा लगायतका भागमा  चोट लागेको छ । घटनास्थलबाट उद्धार गरी उनीहरुको उपचार भइरहेको र घाइते सवैको अवस्था गम्भीर रहेको वडाध्यक्ष  मंगल बुढाले बताए । घटना बारे जानकारी पाए लगत्तै तत्काल आफू घटनास्थल पुगेर घाइतेको उपचारमा संलग्न भएको अध्यक्ष बुढाको भनाई छ । 

हुम्लाबाट स्वास्थ्यकर्मीको टोली बोलाएर उपचार भइरहेको बताए  । बौडीबाट हुम्ला नजिक हुँदा तत्काल उपचारका लागि त्यहाँका स्वास्थ्यकर्मी बोलाएर उपचार हुँदै गरेको र बौडीका स्वास्थ्यकर्मीलाई खबर भएको उनले बताएका छन्  । घाइतेको अवस्था हेरेर थप उपचारको व्यवस्था गरिने वडाध्यक्ष बुढाले बताएका छन् । 

  गोरु खर्कबाट गाईबस्तु सराई गरेर तल झार्ने क्रममा वीच बाटोमा पहिरो खसेको स्थानीय उमेश रोकायाले  बताए ।  प्रारम्भिक जानकारी अनुसार तीसबढी  गाईबस्तु चौपाया पुरिएको हुन सक्ने अनुमान छ ,शसस्त्र प्रहरीबल बाजुराका प्रमुख डिएस्पी स्याम रावतले जानकारी दिए । घाइते तथा पसुचौपायाको उद्धारका लागि बिच्छ्या प्रहरी चौकीबाट प्रहरीको टोली घटना स्थलतर्फ परिचालन भैसकेको प्रहरी श्रोतले जानकारी दिएको छ ।  

शनिवार  बिहान ९ बजे पशु वस्तु राख्ने ठाउँ ढिकुबाट बौडी जाने क्रममा ढिकु भन्दा अलि तल पट्टी आएको पहिरोमा परी उनीहरू घाइते भएका हुन । खर्कबाट बौडी सर्ने क्रममा गोठालासहित पशु वस्तु पहिरोमा परेका वडाध्यक्ष बुढाले बताए । 

वर्षातका कारण आएको पहिरोमा परी गोठाला सहित दर्जनांै पशु वस्तु घाइते भएका छन् । पहिरो र खोलामा परेर केही पशु वस्तु मरेका र कतिपय घाइते भएको जानकारी प्राप्त भएको छ ।  बाटोमा हिडिरहेका बेला अचानक पहिरो आएको स्थानीयको भनाई छ ।  विच्छ्याँ प्रहरी चौकीबाट  घटनास्थल  पुग्न कम्तीमा  तीन घण्टाको पैदल दुरी हिँड्नु पर्छ । 

यसैवीच अत्यधिक वर्षत्का कारण बडिमालिका नगरपालिका वडा नं सात स्थित माउलेखमा लीलाराज जोशी र पृथ्युनारायण जोशीको घर भत्किएर क्षति  भएको छ।  शुक्रबार अपराह्न  घर भत्किएकाले  घरसहित अनाज क्षति  भएको छ। भैंसीलाई  सामान्य चोट लागेको र मानवीय क्षति नभएको  लीलाराज जोशीले बताए ।