माइतीघरको पोलबाट हाम फाल्ने प्रयास गरेकी युवतीको उद्धार 


काठमाडौँ। 

माइतीघर मण्डलास्थित राष्ट्रिय झन्डा राखेको पोलमा चढेर आत्महत्याको प्रयास  गरेकी  युवतीको प्रहरीले  उद्धार गरेको छ। शनिबार दिउँसो माइतीघरस्थित पोलमा चढेकी उनलाई प्रहरीले उद्धार गरेको हो  ।

दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा शाही करिब ३५ दिनदेखि धर्नामा थिइन् ।

 धर्नामा बसेकी शाही आज हाम  फालेर मर्ने भन्दै  पोलमा चढेकी हुन्।