कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्त लोकार्पित 


काठमाडौँ। 

 साहित्यकार प्रहरी उपरीक्षक नविनकिशोर प्रधानको दुई कृति कथा संग्रह सादृश्य बिम्ब र नाटक लेखान्तको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आज एक समारोहकाबीच लोकार्पण गरे । 

अक्षरधाम प्रकाशन प्रालिले बजारमा ल्याएको उक्त कृतिले समसामयिक विषयलाई समेटेको छ । लामो समयदेखि साहित्यको  क्षेत्रमा लाग्दै आएका  साहित्यकार प्रधानले लोक, आधुनिक,पप र नेपाली चलचित्रका दर्जनौँ गीत सिर्जना गरेका छन् । 

साहित्यकार प्रधानका कृति लेखान्त नाटकको बारेमा साहित्यकार डा.भक्त राईले समिक्षात्मक  टिप्पणी गरेका थिए । कथा संग्रह सादृश्य बिम्बको बारेमा प्राज्ञ डा. मधुसूदन गिरीले टिप्पणी गरेका थिए । 

उक्त कृति विमोचन पछि प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा सदस्यहरु साहित्य सिर्जना गरेर नेपाली साहित्यमा टेवा दिने प्रयास गरेको बताए । उनले प्रहरी कर्मचारी बन्दुक र लाठी मात्रै  बोक्दैनन् भन्ने उदाहरण कृतिकार प्रधानले पुष्टि गरेको बताए ।