आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनका लागि कार्यदल गठन

224
Shares

धादिङ ।

आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियानका लागि जिल्ला स्तरमा अभियानको लागि समिति गठन गरिएको छ।  न्यूनीकरण अभियानका लागि कार्यदलको समेत निर्माण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा शुक्रबार धादिङबेसीमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा अभियानको समिति र कार्यदल गठन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम केसीको संयोजकत्वमा गठन भएको २१ सदस्यीय आत्म हत्या नयूनिकरण तथा व्यवस्थापन समितिको उपसंयोजकमा जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ छत्कुली रहेकी छन्। 

समितिका सदस्यहरुमा जिल्ला अस्पतालका मनोचिकित्सक, जिल्ला आयुर्वेद अस्पतालका रमेश पनेरु, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका दुर्लभ तामाङ, जिल्ला होटल संघका श्यामसिंह ठकुरी, धादिङ उद्योग वाणिज्य संघका विष्णु थपलिया, नेपाल पत्रकार महासंघका राजाराम शर्मा, गैसस महासंघका शालिकराम दुवाडी, महिला मानवअधिकार रक्षक मनोविमर्शकर्ता गायत्री खतिवडा, रोयम नेपालका हरीशरण धिताल, जिल्ला खेलकुद विकास समितिका रमेशमान तुलाधर, सामी परियोजनाका दिनेश दुवाडी, शिक्षा विकास तथा समन्वय इकाइका आनन्द थापा, नेपाल स्काउट, चेम्बर्स अफ कमर्शका कुमार बहादुर बुढाथोकी, लागुऔषध दुव्र्यशनी पुनस्थापना केन्द्र, फोक नेपाल अञ्जु श्रेष्ठ रहेका छन् ।

समितिको सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे र  सदस्य सचिव जिल्ला प्रहरी कार्यालयका अधिकृत रहने छन् ।

यसैगरी आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन जिल्ला कार्यदल जनस्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोयानाथ छत्कुलीको संयोजकत्वमा गठन गरिएको छ । जिल्ला कार्यदलको सहसंयोजकमा धादिङ अस्पतालका मनोचिकित्सक, र सदस्यहरुमा जिल्ला आयुरवेद कार्यालयका रमेश पनेरु, नीलकण्ठ नगरपालिका महिला विकाश शाखाका निर्मला केसी, इन्सेक प्रतिनिधि सीताराम अधिकारी, नेरेसोका दुर्लभ तामाङ, नेपाल स्काउट, उद्योग वाणिज्य संघका विष्णु थपलिया, होटल व्यवसायि संघका श्यामसिंह ठकुरी, दलित सेवा संघका श्याम मगराती, चेम्बर्स अफ कमर्शका कुमार बुढाथोकी, गैसस महासंघका शालिकराम दुवाडी, मनापरामर्शकर्ता गायत्री खतिवडा, जिल्ला खेलकुद विकास समितिका रमेशमान तुलाधर, पत्रकानर महासंघका राजाराम शर्मा, सामी परियोजनाका दिनेश दुवाडी, रोयम नेपालका हरीशरण धिताल,रहेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगानाले आत्महत्या न्यूनीकरणको अभियानको सुरुवात गरे ।
गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले पिडाको सुनुवाइ नभएर, समाजमा अनेकन अप्ठेरो परेर, असमानता आदीले गरिने आत्महत्या रोक्नका लागि पालिकाले कार्यक्रम ल्याएको र निरन्तर गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले आत्म हत्या सम्बन्धी अध्ययन प्रतिवेदन बारे जानकारी दिनुभएको थियो ।

विश्वमा हरेक वर्ष ७ लाख मानिसले आत्महत्या गर्ने गरेको बताउँदै आत्महत्या रोक्न कार्ययोजनाहरु समेत प्रस्तुत गरेका छन् ।

धादिङ जिल्लामा आर्थिक वर्ष ०७८-७९ मा ९७ जना, ०७९-८० मा १ सय १२ जना र ०८०-८१ मा १ सय २ जनाले आत्महत्या गरेको डिएसपि मिश्रले तथ्यांक प्रस्तुत गर्दै महिला भन्दा  बढी पुरुषले आत्महत्या गरेको पाइएको बताए ।

धादिङ जिल्लामा ०८०-८१ मा नीलकण्ठ नगरपालिकामा १७ जनाले आत्महत्या गरे भने खनियाबास र रुबीभ्यालीमा एक-एक जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।

शारीरिक अशक्तता, मानसिक असन्तुलन, मादक तथा लागु औषध सेवन, घरेलु हिंसा, बेरोजगारी, असफलता आदी कारणले गर्ने आत्महत्या रोकथाम गर्नका लागि सकारात्मक सन्देश दिने अभियान र सचेतना कार्यक्रम गनपर्ने लगायतका कार्यक्रम गर्न समेत अध्ययन प्रतिवेदनले सुझाव दिएको छ ।