साउन २३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल


मेष : समय अनुकूल भएकाले गरेको काम सफल, सन्तानबाट सुख, धनलाभ हुने देखिन्छ ।

वृष : दिन अनुकूल नभएकाले पेटको समस्या, दिनचर्या अस्तव्यस्त, विनाकाममा दौडधुप होला ।

मिथुन : समय शुभ छ । पैसा लाभ, मान–सम्मान, उन्नति–प्रगति, इज्जत बढ्ने देखिन्छ ।

कर्कट : शुभ समयको आगमन भएकाले सन्तोष, उपलब्धिमूलक कार्यमा लगानी, धनलाभ होला ।

सिंह : समय शुभ छ । मीठो भोजन, धन प्राप्ति, गिफ्ट–पुरस्कार प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

कन्या : सजगता अपनाउनुहोला । अस्वस्थता, साथीभाइसँग विवाद, चोटपटकको सम्भावना छ ।

तुला : समय बलवान् छ । पैसा प्राप्ति, विविध वस्तु वा सेवाको लाभ, मीठो खानेकुरा प्राप्ति होला ।

वृश्चिक : शुभ समयको आगमनले निरोगिता, सुख–सन्तोष, थालेको काम सफल हुने देखिन्छ ।

धनु : दिन बलवान् छ । राजनीतिमा सफलता, ऐश्वर्य वृद्धि, पढाइ–जागिरमा उन्नति होला ।

मकर : दिन अनुकूल छैन । बिरामी, कार्य बाधा, धन हानि हुन सक्छ, सजग रहनुहोला ।

कुम्भ : शुभ समय भएकाले समस्या समाधान, परीक्षा, पठनपाठन, प्रतिस्पर्धामा सफलता होला ।

मीन : दिन शुभ छ । खेल–परीक्षा प्रतियोगितामा सफलता, पैसा लाभ, शत्रु विजय हुने देखिन्छ ।