विष्णुमती नदीले नाघ्यो सतर्कता तह


काठमाडौं ।

काठमाडौंमा विष्णुमती नदीको जलसतह सतर्कता तह पार भएको छ। मंगलबार बिहान गोंगबु जलमापन केन्द्रमा विष्णुमती नदी सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।