विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव

14
Shares

सन् १९२८ जुन १४ मा अर्जेन्टिनाको मध्यम वर्गीय परिवारमा जन्मिएका चे ग्वेभाराको नाम अर्नेष्टो ग्वेभारा डे ला सेर्ना हो । परिवारमा उनलाई तेते भनेर बोलाइन्थ्यो । पछि उनी आफैंले आफ्नो नाम बदलेर चे राख्नुभएको हो । अर्जेन्टिनी भाषामा चे को अर्थ हाम्रो हो । अर्जेन्टिनामै शिक्षादिक्षा लिएका चेले ग्वाटेमालाबाट क्रान्ति सिकेर मेक्सिकोबाट क्युबा गई क्रान्ति सम्पन्न गरेका थिए ।
दुई वर्षको उमेरमै दमको दीर्घ रोगले छोएको चे अल्टा ग्रेसियाको स्कुले जीवन सकेर १३ वर्षको उमेर मै सन् १९४१ मा डिन फ्युनस स्टेट कलेजमा भर्ना भएका थिए ।

चार वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको विश्वविद्यालयमा ६ वर्ष लामो चिकित्सा शास्त्रको पाठ्यक्रमलाई ३ वर्षमै पूरा गरेर चिकित्सक बनेका थिए । परिवारको इन्जिनियर बनाउने चाहनाविपरित चे क्यान्सरबाट आफ्नो हजूरआमाको मृत्यु भएको र आमा क्यान्सरबाट पीडित भएको तथा आफू दम रोगी भएको कारण चिकित्सक बनेका थिए ।

चिकित्सा शास्त्रको अध्ययनकै क्रममा पुरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगेका चेलाई उक्त महाद्विपमा व्याप्त गरीबीले क्रान्तिकारी बन्न प्रेरित ग¥यो । गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद नै हो र यसबाट छुटकारा पाउने एकमात्र उपाय क्रान्ति हो भन्ने धारणा बनेका कारण चिकित्सा पेशा छाडेर चे सन् १९५३ मा बोलिभिया पुगेका हुन् ।

त्यहाँ त्यतिबेला पूँजीवादी सुधारवादी सरकारबाट राष्ट्रको टिन खानीलाई राष्ट्रियकरण गर्ने, जमिनहरु आदिवासी किसानहरुमा वितरण गर्ने जस्ता सुधारवादी कार्यहरु भइरहेका थिए । बोलिभियाले नै चेको जीवनमा क्रान्तिकारिता भर्नेदेखि लिएर जीवनको अन्तिम संघर्ष गर्ने प्रेरणा दिएको बताइन्छ ।
बोलिभियाको क्रान्ति पछि गएर सुधारवादी बाटोतर्फ ढल्किंदै गएपछि चे पेरुको आदीवासी क्षेत्र हुँदै ग्वाटेमाला पुगेका थिए । ग्वाटेमालाबाट मेक्सिको हुँदै क्युबामा पुगेका चे फिडेल क्याष्ट्रोसँग मिलेर त्यहाँको मुक्ति आन्दोलनमा होमिए ।

क्युबामा क्रान्ति सम्पन्न भएपछि त्यहाँको नेसनल बैंकको गर्भनर र त्यसपछि भूमिसुधार मन्त्री बनेका चेको सम्पत्तिको नाममा एकसरो धागो पनि थिएन । सधैं खाकी ड्रेसमै रमाउँदै उनले क्युबाको समाजवादको लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउन महत्वपूर्ण भुमिका खेले । अन्ततः सन् १९६५ मा मन्त्री पद त्यागेर कंगोतर्फ हुँदै बोलिभिया पुगेका उनी त्यहाँको जनताको मुक्तिका लागि लड्दालड्दै पक्राउ परेका थिए । चेको सन् १९६७ अक्टोबर ९ मा बोलिभियाको एउटा जंगलमा हत्या भयो । हत्यापछि उनको शबलाई गुमनाम बनाइएको थियो ।

पछि चेको हत्यामा संलग्न रिटायर्ड बोलिभियाली सैनिक जनरल मारियो भर्गासले ठूलो आँटका साथ चेको लास गाडिएको स्थानका बारेमा बताएपछि उनकै सहयोगमा हत्याको ४७ वर्षपछि बल्ल चेको शब सार्वजनिक भएको थियो ।

केही तथ्यहरु :

-चेद्वारा प्रतिपादित गुरिल्ला युद्धको नियमहरु प्रकाशित छ्न ।

-नको ९ महिने ल्याटिन अमेरिकाको यात्रासँग सम्बन्धित मोटर साइकल डायरीको चलचित्र बनेको छ ।

-क्युबाको सान्ता क्लारा शहरको बीचमा चेले बन्दूक उठाएको २३ टन तौलको भव्य शालिक छ । उक्त शालिक सन् १९९७ अक्टोबर १७ मा निर्माण भएको थियो ।

-चेको हत्या भएको दिन अक्टोबर ९ लाई क्युबामा हिरोइक गुरिल्ला डे को नाममा चे स्मृति दिबस मनाइन्छ