छोराछोरीसँगको व्यवहार कस्तो हुनुपर्छ ?


बाबुआमाले छोराछोरीसँग गर्ने व्यवहारले उनीहरूको मानसिक, सामाजिक र भावनात्मक पक्षको विकासमा महत्वपूर्ण प्रभाव पार्छ । मायालु व्यवहार गरेमात्र उनीहरूको भावना र अनुभूतिलाई बुझ्न सकिन्छ । त्यसका लागि उनीहरूलाई एकोहोरोरूपमा आफ्ना कुरा सुनाउनुभन्दा उनीहरूका कुरा धैर्यतापूर्वक सुन्ने र बुझ्ने प्रयत्न गर्नुपर्छ । साथै उनीहरूका अनुभव र अनुभूतिप्रति समानुभूति व्यक्त गर्न पनि त्यतिकै जरुरी छ ।

सम्बन्ध सुमधुर बनाउने केही टिप्स
-के कुरालाई महत्व दिइरहेका छन् त्यो कुरा सुनेर उनीहरूको भावनाप्रति सजग रहेको देखाउने ।
-आफ्नोबारे र अनुभवहरू सुनाएर उनीहरूको रुची पत्ता लगाउने ।
– कुनै कुरा वा विषयप्रति विचार, भावना र दृष्किोण भन्न लगाएर उनीहरूले गरिरहेको अनुभव र भावनालाई बुझ्ने प्रयत्न गर्ने ।
-आफ्ना छोराछोरीको उमेरमा आफूले गरेका रचनात्मक कार्य, भोगेका समस्या, सफलता र रमाइला कुरा सुनाएर उनीहरूको भावनात्मक र अन्य पक्षको विकासमा सहयोग पु¥याउने ।
– उनीहरूका प्रश्नको झर्को नमानी जवाफ दिने । साथै आफूले पनि उनीहरूको कुरामा जिज्ञासा राखेर राम्ररी कुरा बुझ्ने र बुझाउने प्रयत्न गर्ने ।
– उनीहरूको विचार र भावनाजस्तो भएपनि त्यसलाई ठेस नपु¥याई सकारात्मकरूपमा लिने र आफूले त्यसप्रति चासो दिएको अनुभूति गराउने । यसो गर्दा उनीहरू आफ्नो भावना अभिव्यक्त गर्न सुरक्षित महसुस गर्छन् र उनीहरूलाई भावनात्मकरूपमा विचलित हुनबाट बचाउन सकिन्छ ।
– उनीहरूलाई कर गरेर कुनैपनि कुरा भन्न बाध्य नपार्ने । बरु उनीहरूलाई जुनबेला सहज हुन्छ, त्यो समयमा आफू कुरा सुन्न तयार रहेको महसुस गराउने । यसले उनीहरूमा आत्मविस्वास बढ्ने र आफ्ना समस्या आमाबुवालाई सुनाउन प्रेरित गर्छ ।