कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै


काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। गत वैशाख १४ देखि २६ गतेसम्म चलेको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गरिने बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

स्रोतका अनुसार आज मध्यान्ह १२ बजेतिर नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ। यस पटक कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६ सय परीक्षार्थी सहभागी छन् ।

बोर्डले गत वर्ष साउन ३० गते कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।