बाढीले बगाउँदा जलविद्युत् आयोजनाका २ मजदुर बेपत्ता


भोजपुर ।

अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुई जना कामदार हराएका हुन्। बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन्।

बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ। करिब १ किमि तल घाइते अवस्थामा फेला परेका चौधरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

आयोजनाकाे निर्माण कार्यमा खटिएको लेवर क्याम्प, क्सर,जडान गरिएको करिब ५ सय मिटर पाईप समेत बगाएको छ।बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

Skip This