साउन १६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल


मेष : धन नोक्सानी, मानसिक चञ्चलता, आँखामा समस्याले पिरोलन सक्छ ।

वृष : उत्तम भोजन, कसैबाट गिफ्ट पाइने सम्भावना, भाग्य चम्किने देखिन्छ ।

मिथुन : समय अनुकूल छैन । राम्रै बोले पनि उल्टो अर्थ लाग्ने, स्वास्थ्यमा समस्या होला ।

कर्कट : समय शुभ छ । धन वा सेवा–सहयोग प्राप्ति, सुख–सन्तोष, मन प्रफुल्लित होला ।

सिंह : दिन शुभ छ । सुख–सन्तोष, हर्षविभोरका साथै गरेको काममा सफलता होला ।

कन्या : दिन राम्रो छैन । राजनीतिज्ञबाट तनाव, इज्जतमा धक्का लाग्न सक्ने देखिन्छ ।

तुला : सजग रहनुस् । रोगव्याधिले शिथिलता, आकस्मिक खर्च, कार्य असफल होला ।

वृश्चिक : दिन अनुकूल छ । आर्थिक लाभ, समस्याको समाधान, अधुरा कार्य पूरा होला ।

धनु : शुभ दिनको आगमनले पैसा लाभ, खेलकुद, पठनपाठन, परीक्षामा सफलता हुनेछ ।

मकर : समय शुभ छैन । अपचजस्तो समस्याले सताउला, आलस्यता, कार्य बाधा होला ।

कुम्भ : परिवारमा विवाद, झाडापखालाको सम्भावना, दौडधुप नहोला भन्न सकिन्न ।

मीन : समय बलवान् भएकाले पैसा प्राप्ति, सम्मान, ठूलै उपलब्धिको सम्भावना छ ।