१० लाख नगदसहित ९ जुवाडे पक्राउ


काठमाडौँ।

काठमाडौँ महानगरपालिका-४ चुनदेबी बस्ने यम कुमारी आलेको घरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिका-५ देउला टोल बस्ने २१ वर्षीय कबिर देउला समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको   छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ११ हजार रुपैयाँ र १३ वटा ओखर सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।