निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम सुनुवाइ समितिबाट अस्वीकृत हुने सम्भावना

फाइल तस्बिर

काठमाडौं ।

निर्वाचन आयुक्तमा संसदीय सुनुवाइ गरिसकेका कृष्णमान प्रधानलाई समितिले अस्वीकृत गर्ने सम्भावना बढेको छ। 

चरित्रमा उठेको प्रश्न र उनीमाथिको यौन हिंसाको आरोप गम्भीर र फौजदारी प्रकृतिको भएकोमा निर्वाचन आयुक्तमा अनुमोदन गर्दा यसले दण्डहीनता बढाउने भन्दै अस्वीकृत गर्ने गरी तयारी अघि बढेको स्रोतले बताएको छ।

`प्रधानमाथि लागेको आरोप, समितिमा उहाँको जवाफ र सबै कुरा हेर्दा उहाँ अस्वीकृत हुने सम्भावना बढी छ´, ती सांसदले भने ।प्रधानलाई अनुमोदन गर्ने वा अस्वीकृत भन्ने विषयमा निर्णय लिन आजै संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।