श्रीलङ्काविरुद्ध भारतको लगातार दोस्रो जित


काठमाडौं ।

भारतले श्रीलङ्काविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। गए राति सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो।

श्रीलङ्काले दिएको १६२ रनको लक्ष्य पछ्याउने तयारी गरेको भारत वर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो।

यस अघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो। यो जितपछि भारतले ३ खेलको सिरिज २-० ले एक खेल अघि नै जितेको छ।

अब सिरिजको तेस्रो खेल मंगलबार हुने तालिका छ। हाल श्रीलङ्का टुरमा रहेको भारतले यस सिरिजपछि एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ।