अवैध लागू औषधसहित १२ जना पक्राउ

378
Shares

काठमाडौं ।

प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।

जसमा कपिलवस्तु, बाणगंगा नगरपालिका-११ ओदारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ३९ वर्षीय यादव राना र ३७ वर्षीय सुमन पुन रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको लु.८६ प ३००७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी रूपनी गाउँपालिका-६ बस्ने २५ वर्षीय जिवन प्रकाश साह र बिराटनगर महानगरपालिका-१३ जतुवा बस्ने २६ वर्षीय श्रवण खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ००१-००५ प ०६४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २० वर्षीय दिपक थापामगर र टिकापुर नगरपालिका-४ बस्ने ३० वर्षीय आशिष चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यस्तौ मकवानपुर, मनहरी गाउँपालिका-९ जैसिङबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोग्राम सहित राक्सिराङ गाउँपालिका-३ लावती बस्ने १९ वर्षीय साजन प्रजालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ज्यामिरे नेवारपानीबाट खटिएको प्रहरीले उनलाई बोरामा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । 

त्यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ४ सय १० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २४ वर्षीय गणेश परियारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-८ ककौरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश थारू र २१ वर्षीय सोम प्रसाद थारू रहेका छन् । अस्थायी प्रहरी पोष्ट ककौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ बस्ने २४ वर्षीय गणेश नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यस्तै महोत्तरी, सोनमा गाउँपालिका-३ स्थित मरहा खोलाको किनारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित भारत सितामढी भेडहिया ग्राम पञ्चायत-५ भगवतिपुर बस्ने ६० वर्षीय शिवजी साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैयरवनी र प्रहरी चौकी रघुनाथपुरबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३० एम ७९७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।