प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौं ।

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो।

आज सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ भने शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ।