पहिरोले पुरिएर गोरखामा ५ जना बेपत्ता

फाइल तस्बिर

काठमाडौं ।

गोरखाको धार्चेमा गएको पहिरोमा परी ५ जना बेपत्ता भएका छन्। धार्चे गाउँपालिका–५ रेसामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए।

उक्त पहिरोमा परी घाइते भएका दुई जनाको स्थानीयले उद्धार गरेका छन् । ‘पहिरो आज बिहान ३ बजे गएको हो, अहिले घटनास्थल तर्फ प्रहरीको टोली गइरहेको छ,’ डिएसपी श्रेष्ठले नेपाल समाचारपत्रसँग भने, ‘दुई जनालाई गम्भीर घाइते अवस्थामा स्थानीयले उद्धार गरेका छन्।’

घटनास्थलमा प्रहरी पुग्न अझै आधा घण्टा लाग्ने उनको भनाइ छ।  बेपत्ताहरूको परिचय खुल्न बाँकी रहेको उनले बताए।