ताप्लेजुङमा भूकम्पको धक्का


काठमाडौं ।

ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार राति जिल्लाको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

शनिबार राति १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ। भूकम्पको धक्का ताप्लेजुङसँगै आसपासका अन्य जिल्लामा पनि महसुस गरिएको थियो।