चिउँडोको कोठीले भन्छः तपाईंसँग धेरै धनसम्पत्ति छ

0
Shares

हाम्रो शरीरका विभिन्न स्थानमा कोठी हुन्छन्। कुनै जन्मजात आएका हुन्छन् भनै कुनै पछि आउने गर्दछन्। समुद्रशास्त्रले हाम्रो अंगका कुन ठाउँमा कोठी भयो भने के फल प्राप्त हुन्छ भनेर वर्णन गरेको छ। त्यस्तै, स्त्री–पुरुषको गुणका बारेमा यस शास्त्रमा बताइएको छ। ३२ गुणयुक्त पुरुषले ३६ लक्षणयुक्त स्त्रीस“ग विवाह गर्दा विश्वकै सर्वश्रेष्ठ हुनेछ।
कोठीफल (समुद्रशास्त्र अनुसार)

कोठी स्थान फल
शीर- धनवृद्धि
मूर्धाास्थान- सौभाग्य
आँखीभौं- दुर्भाग्य
आँखीभौंको बीच- इष्टयोग,तर चारित्रिक शिथिलता
आँखाको कोश -शोक
आँखा-इष्टयोग
कन्चट- वैराग्य
नाक -वस्त्रलाभ
गण्डस्थल- पुत्रलाभ
ओठ- अन्नलाभ
गाला -अन्नलाभ
निधार -धेरै धनसम्पत्ति
चिउँडो- धेरै धनसम्पत्ति
घाँटी -आभूषण, उत्तम भोजन
कान -गरगहना प्राप्ति, अध्यात्ममा रुची
गर्दन -शस्त्रपीडा
हृदय -पुत्रलाभ
स्तन- पुत्रलाभ
काँध- भिक्षाकृत
छाती- प्रियप्राप्ति
कोखा- धनहानि
कम्मर -दुःख
पाखुरा -शत्रुनाश
नाडी -बन्धन
नाडीको बीच- आभूषण
कुहिना-आभूषण
हात -धनलाभ
औंला- सौभाग्य
पेट -शोक
नाभी उत्तम भोजन
नाभीमुनि- चोरभय
कम्मर- धनधान्य
लिङ्ग -स्त्रीसङ्गम, सन्तानप्राप्ति
गुदा -सौभाग्य
अण्डकोष- सौभाग्य
तिघ्रा -वाहनलाभ, स्त्रीप्राप्ति
घुँडा -शत्रुद्वारा हानि
पिँडुला -शस्त्रपात
गोलीगाँठो -मार्गमा बन्धन
कुर्कुच्चा- अगम्यागमन (कठिन बाटो हिँड्ने)
पैतला- यात्रा
गोडाको औंला -बन्धन
गोडाको बुढीऔंला -बन्धुद्वारा आदर सत्कार