जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने पुस्तक द करेज टु बी डिसलाइक

10.25k
Shares

जापानी लेखक इचिरो किशिमि र फुमिताके कोगाले लेखेको द करेज टु बी डिसलाइक (The Courage to Be Disliked) पुस्तक मनोविज्ञान र दर्शनमा आधारिच चर्चित पुस्तक हो । बृद्ध दर्शनशास्त्री र एक युवा विच भएको रोचक संवाद मार्फत यस पुस्तकमा जीवनलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन प्रेरित गरिएको छ ।

अलफ्रेड एड्लरको मनोबैज्ञानिक सिद्धान्तमा आधारित यो पुस्तकमा व्यक्तिले आफू जस्तो बन्न चाहन्छ त्यस्तै बन्न सक्छ भन्ने कुरालाई संवादमार्फत व्यक्तन् गरिएको छ । यसमा युवाले वृद्धसँग आफ्नो समस्याहरू शेयर गर्छ। अनि वृद्धले उत्तर दिदै जान्छन् ।

एडलेरियन मनोविज्ञानका अनुयायी बृद्ध भन्छन् मानिसको जीवनलाई नियन्त्रण गर्ने प्रमुख तत्व उसको आफ्नै विश्वास र धारणाहरू हुन्। एड्लेरियन मनोविज्ञान अनुसार, यदि मानिसले आफ्ना विश्वास र धारणाहरू परिवर्तन गर्छ भने उसले आफ्नो जीवनलाई आफै परिवर्तन गर्न सक्छ ।

मानिसका सबै समस्याहरू अन्तर-व्यक्तिगत सम्बन्धका समस्याहरू हुन्। मानिसले आफ्नो समस्याहरूको जड बाहिरी परिस्थितिमा नभई आफ्नै अन्तर-व्यक्तिगत सम्बन्धमा खोज्नुपर्छ। कुनै व्यक्तिले अरूसँग कसरी सम्बन्ध बनाउँछ र कसरी अन्तर्क्रिया गर्छ भन्ने कुराले उसको जीवनमा ठुलो प्रभाव पार्न सक्छ भन्ने कुरा पुस्तकमा मह्त्वका साथ बर्णन गरिएको छ ।

यस पुस्तकमा बर्णन गरएअनुसार आत्म-प्रेम र आत्म-स्वीकृतिको अभावले मानिसलाई आत्म-सन्देह र असुरक्षाको भावना दिन्छ। त्यसैले मानिसले आफैंलाई स्वीकार्न र माया गर्न सिक्नुपर्छ। जब मानिसले आफैंलाई स्वीकार्छ र माया गर्छ, तबमात्र ऊ आत्मविश्वासी र आत्मनिर्भर बन्न सक्छ।

पुस्तकको संवादको क्रममा जिज्ञासा राख्ने युवालाई बृद्ध भन्छन् मानिसले आफ्नो जीवनमा स्वतन्त्रता प्राप्त गर्न जिम्मेवारी लिइरहनुपर्छ। स्वतन्त्रता भनेको आफ्नो जीवनलाई नियन्त्रण गर्नसक्ने क्षमता हो, जसले मानिसलाई आफ्नो उद्देश्य र लक्ष्य प्राप्त गर्न मद्दत गर्छ। जिम्मेवारी लिने क्षमताका कारण मानिसले आफ्नो स्वतन्त्रता सुनिश्चित गर्न सक्छ।

यस पुस्तकमा उल्लेख भए अनुसार मानिसले एक्लो भएर जीवन बिताउन सक्दैन र उसले समुदायको हिस्सा बन्न आवश्यक छ। सहयोगको भावना र अन्य व्यक्तिसँगको सम्बन्धले मानिसलाई समृद्ध बनाउँछ। अरूसँग सहयोग र समन्वय गर्न सिक्दा मानिसले आफ्नो व्यक्तिगत र सामाजिक जीवनलाई सन्तुलनमा राख्न सक्छ।

सन् २०१३ मा जापानमा प्रकाशित यो पुस्तक अंग्रेजी भाषामा बेलायतबाट सन् २०१८ मा प्रकाशित भएको थियो भारतमा छापिएको संस्करणको मूल्य ११ पाउण्ड छ र बेलायतमा छापिएको उक्त पुस्तकको मूल्य त्यो भन्दा अलि बढी छ साथै कागजकोगुणस्तर पनि स्तरिय छ ।

जे होस् द करेज टु बी डिसलाइक पुस्तक विशेष गरी युवा पुस्ताका लागि बढी उपयोगी भए पनि सवै उमेरका मानिसलाई लाभदायक छ ।यस पुस्तकले मानिसको जीवनलाई सुधार गर्न र सन्तुलित बनाउन प्रेरित गर्छ। एड्लेरियन मनोविज्ञानको आधारमा, मानिसले आफ्नो विश्वास, धारणाहरू र सम्बन्धहरूको पुनरावलोकन गरेर जीवनलाई सकारात्मक दिशामा अगाडि बढाउन सक्छ।

आत्म-प्रेम, जिम्मेवारी, स्वतन्त्रता, र सहयोगको महत्वलाई बुझ्दै मानिसले सन्तोषजनक र सफल जीवन जिउन सक्छ। यो पुस्तकले हाम्रा जीवनका विभिन्न समस्याहरूको समाधानको लागि महत्वपूर्ण सन्देशहरू प्रदान गर्छ। आत्म-निर्णय, अन्तर-व्यक्तिगत सम्बन्ध, आत्म-स्वीकृति, जिम्मेवारी, र समुदायको महत्वलाई बुझ्दै मानिसले आफ्नो जीवनलाई सार्थक बनाउन सक्छ। यसले हरेक व्यक्तिलाई आफ्नो जीवनलाई पुनः विचार गर्न र नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गर्छ।