साउन १२ गते शनिबार, यस्तो छ तपाईंको राशिफल


मेष : खर्च वृद्धि, चोटपटक लाग्ने सम्भावना भएकाले सजगता अपनाउनुहोला ।

वृष : दिन शुभ छ । आर्थिक लाभ, इष्टमित्रबाट सहयोग, पारिवारिक सुख हुनेछ ।

मिथुन : दिन शुभ फलदायक छ । सुखको अनुभूति, स्वस्थता, कार्य सफल, साहस बढ्नेछ ।

कर्कट : दिन शुभ छैन । राजनीतिमा व्यवधान तथा मुद्दामामिलामा झमेला आइलाग्न सक्छ ।

सिंह : सजग रहनुस्, आकस्मिक रोगव्याधि, अस्वस्थता, शारीरिक कष्ट हुने सम्भावना छ ।

कन्या : आर्थिक लाभ, समस्या समाधान, विपरीत लिंगीबाट सहयोग हुने देखिन्छ ।

तुला : दिन शुभ छ । सानै प्रयासमा धनलाभ, शत्रु विजय, कार्य सफल, काम बन्ने देखिन्छ ।

वृश्चिक : स्वास्थ्यमा समस्या हुँदा बाथजन्य रोगको सम्भावना, गर्न लागेको काममा बाधा होला ।

धनु : दिन शुभ देखिँदैन । अपच, झाडापखालाको सम्भावना भएकाले सजगता अपनाउनुहोला ।

मकर : शुभ समय आएको छ । पैसा प्राप्ति, इज्जत–प्रतिष्ठा वृद्धि, कार्य सफल हुने देखिन्छ ।

कुम्भ : दिन अशुभकारक छ । आाँखामा समस्या, निरर्थक धन र समयको बरबाद हुन सक्छ ।

मीन : समय बलवान् छ । मीठो भोजन, गिफ्टको सम्भावना, सानो बोलीले काम बन्ने देखिन्छ ।