साउन ११ गते शुक्रबार, यस्ताे छ तपाईकाे राशिफल

0
Shares

मेष: दिन शुभ फलदायक देखिँदैन । नोक्सानी, चोटपटक, विवाद, असफलता हुन सक्छ ।

वृष: थोरै प्रयासबाट द्रव्यलाभ, विविध प्राप्ति, उत्तम भोजन, पारिवारिक सुख होला ।

मिथुन: शुभ समयको आगमनले सुख–सन्तोष, कार्य सफल, शारीरिक स्वस्थता होला ।

कर्कट: राज्य सञ्चालकबाट डर, इज्जत–प्रतिष्ठामा धक्का लाग्ने हुँदा सजग रहनुहोला ।

सिंह: दिन त्यति राम्रो देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा होला ।

कन्या: शुभ समयको आगमनले धन आर्जन, अधुरा कार्य पूरा, समस्या समाधान होला ।

तुला: द्रव्य लाभ, शत्रु विजय, पढाइमा तेज, गौरवको अनुभूति हुने देखिन्छ ।

वृशि्चक: सजगता अपनाउनुहोला । वायुजन्य रोगको भय, कार्य अधुरो, शोक–सन्ताप हुने देखिन्छ ।

धनु: यात्रामा नजानु नै उत्तम हुन्छ । पेट गडबड, दौडधुप, विवाद नहोला भन्न सकिन्न ।

मकर: बलवान् समयको आगमन भएको छ । लाभ, सम्मान, जागिर–व्यापारमा सफलता होला ।

कुम्भ: समय उपयुक्त नभएकाले धननाश, मानसिक चञ्चलता, खर्च, आँखामा समस्या आउन सक्छ ।

मीन: समय उपयुक्त छ । खाद्यान्न, उपहारादि वस्तु प्रापि्त, भाग्योदय, कार्य सफल हुने देखिन्छ ।