मलाला युसुफजाई : मृत्युलाई जितेर हात पारिन् नोबेल पुरस्कार


मलाला युसुफजाई अर्थात् बालिका शिक्षा अभियन्ता । पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वात उपत्यकामा जन्मेकी मलालाले मृत्युलाई पनि जितेर निरन्तर बालिका शिक्षाको वकालत गरी नै रहिन् ।

जसको फलस्वरूप सन् २०१४ मा उनले नोबेल शानि्त पुरस्कार प्राप्त गरे । केवल १७ वर्षको उमेरमा नोबेल शानि्त पुरस्कार प्राप्त गर्ने मलाला सबैभन्दा सानो उमेरका व्यकि्त हुन् ।

तालिबानले बालिका तथा महिलाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा बालिका शिक्षाको वकालत गरेका कारण मलाला तालिबानको गोलीको शिकार बन्न पुगेका थिए । सन् २०१२ मा विद्यालयबाट फर्किरहेको बेलामा स्कुल बसभित्र पसेर तालिवान लडाकुले उनको टाउकोमा गोली हानेको थियो ।

उनलाई तत्काल बेलायतमा लगी उपचार गरिएको थियो । यो घटनापछि मलालाले सन् २)१३ मा आई एम मलाला भन्ने पुस्तक प्रकाशित गरी तालिवानले स्वात उपत्यका र बालिकाका विद्यालयहरू कसरी ध्वस्त पारेका थिए भन्ने विषयमा र गोलीको त्रासमा आफूले भोगेको जीवनबारे संसारलाई बताएकी थिइन् ।
केही तथ्यहरू
सन् २०११ मा बीबीसी उर्दुमा स्वात उपत्यकामा तालिवानको अत्याचारवि?द्ध मलालाको ब्लग प्रकाशित
सन् २०११ मा पाकिस्तानको राषि्ट्रय युवा शानि्त पुरस्कार पाउने पहिलो व्यकि्त
सन् २०१२ मा तालिवानद्वारा हत्याको प्रयास
सन् २०१२ मा मलालाको सम्मानमा पाकिस्तानका राष्ट्रपतिद्वारा १ करोड अमेरिकी डलरको शिक्षा कोष स्थापना
सन् २०१२ मै विश्वव्यापी रूपमा मलाला फन्ड फर गल्र्स एजुकेसनको स्थापना
सन् २०१३ मा आई एम मलाला पुस्तक प्रकाशित
सन् २०१४ मा नोबेल शानि्त पुरस्कार
सन् २०१४ मा अमेरिकाको लिबर्टी पुरस्कार
सन् २०१५ मा लेबनानमा सिरियाली शरणार्थीका लागि छात्रा विद्यालय स्थापना
अक्सफोर्ड विश्वविद्यालयबाट दर्शन, राजनीति र अर्थशास्त्रमा डिग्री
सन् २०१७ मा क्यानडाको मानार्थ नागरिक