जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ


पाल्पा।
तानसेन नगरपालिका-६ भिमसेन टोल बस्ने ४९ वर्षीय शैलेन्द्र भन्ने अनन्त बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार १ सय २५ रूपैयाँ र १ सय ६३ थान तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।