ग्लोबल वार्मिङका किशोरी अभियन्ता

ग्रेटा थुनबार्ज

0
Shares


जलवायु परिवर्तनको विरुद्धमा विश्वव्यापी आन्दोलनलाई नेतृत्व दिएकी स्विडिस किशोरी ग्रेटा टुनबार्जले १५ वर्षको उमेरमा पहिलोपटक सन् २०१८ मा स्कुल स्ट्राइक फर क्लाइमेट (फ्राइडेज फर फ्युचर) अभियान शुरू गरेका थिए।

सन् २००३ को जनवरी ३ मा स्विडेनको स्टकहोममा जन्मिएकी ग्रेटाले शुक्रबार विद्यालय जानुको साटो स्वीडेनको संसद् भवनबाहिर जलवायु परिवर्तनको विरुद्धमा प्रदर्शन थालेपछि जलवायु परिवर्तनको विरुद्धमा विश्वव्यापी आन्दोलनलाई बल पुगेको थियो। अभिनेता स्वान्ते टुनबार्ज र ओपेरा गायिका मालेना अर्नम्यानकी छोरी ग्रेटाको आन्दोलनले जलवायु परिवर्तनको मुद्दालाई विश्व मञ्चमा उठाउनुका साथै जलवायु न्यायका लागि विश्वभरिका सरकार र संगठनहरूलाई सचेत र सक्रिय पनि बनाएको छ।

युवा पुस्तालाई जलवायु न्यायका लागि लड्न प्रेरित गरिरहेकी ग्रेटालाई सन् २०२४ को मे ८ मा स्वीडिस संसद् भवनबाहिर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीको अवज्ञा गरेको अभियोगमा स्टकहोम जिल्ला अदालतले ६ हजार स्वीडिस क्रोनर जरिवाना र प्रहरीस“गको झडपका क्रममा पुगेको क्षतिपूर्तिबापत थप एक हजार स्वीडिस क्रोनर जरिवाना गराएको थियो। ग्रेटाको आफ्नो अभियानलाई अझै पनि निरन्तरता दिइरहेकी छिन्।

एस्पर्जर सिन्ड्रोम, अवसाद र एडीएचडीजस्ता स्वास्थ्य समस्याहरू पीडित ग्रेटाले आफ्नो यो समस्यालाई सुपर पावरको रूपमा व्याख्या गर्दै दृढताका लागि प्रेरणाको स्रोत भएको दाबी गर्छिन्।
ग्रेटाबारे थप जानकारी :

पहिलोपटक सन् २०१८ मा स्कुल स्ट्राइक फर क्लाइमेट अभियान थालेकी ग्रेटाले सन् २०१९ मा संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलनमा भाषण दिएकी थिइन्। उनको हाउ डेयर यु भन्ने भाषणले विश्वभरका मानिसलाई प्रभावित बनाएको थियो।
संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलनमा सहभागी हुन उहा“ले हवाई यात्रा नगरिकन पानी जहाजबाट पर्यावरणीय पदयात्रा गरेकी थिइन। जलवायु परिवर्तनको विरुद्धमा प्रभावकारी आन्दोलन चलाएको कारण ग्रेटा सन् २०१९ र २०२० मा नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा पनि परेकी थिइन्।

टाइम पत्रिकाले सन् २०१९ को पर्सन अफ द इयर घोषणा गरेको ग्रेटा यो सम्मान पाउने अहिलेसम्मकी सबैभन्दा कम उमेरकी व्यक्ति हुन्। ग्रेटाले आफ्नो विभिन्न भाषण र लेखहरूको संग्रह नो वान इज टु स्मल टु मेक अ डिफरेन्स पुस्तक प्रकाशित गरेकी छिन्। उनले एम्नेस्टी इन्टरनेसनलस् एम्बासेडर अफ कन्साइन्स अवार्ड, इन्टरनेसनल चिल्ड्रेन्स प्राइज, राइट लाइभलिहुड अवार्डलगायतका थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन्।