सौर्य एयरलाइन्स जहाज दुर्घटनामा अस्ताएका नाबालिकाका परिवार


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। क्याप्टेन मनीष शाक्यको भने उद्धार गरेर अस्पतालमा उपचार गरिएको छ।

ज्यान गुमाउनेमध्ये एकै परिवारका तीन जना रहेको खुलेको हो।

एयरलाइन्सका प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरूका छोरा अधिराज शर्माको मृत्यु भएको हो। प्रिजा ऊर्जा मन्त्रालयमा काम गर्थिन्।

जहाजमा रहेका सबै सौर्य एयरलाइन्सकै कर्मचारी भने पनि केही परिवारका सदस्य पनि रहेको खुलेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।