विमान दुर्घटनाको छानबिन गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरको विमान दुर्घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुगेको बताएका छन् । “यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ ।

दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानकिनका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्य धारणका निम्ति सम्पूर्णमा हार्दिक अपील गर्दछु,” उनले लेखेका छन् । बुधबार बिहान ११ः११ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।