नाबालिकालाई बेचबिखन गर्ने युटुबर पक्राउ


काठमाडौं ।
नाबालिकाहरुलाई बेचविखन गरेकाे आराेपमा एक युटुबरलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काभ्रे चौरीदेउराली गाउँपालिका १ घर भई हाल काठमाडाैं महानगरपालिका- ९ बत्तिसपुतली बस्ने २० वर्षीय कुशल खरेल रहेका छन् ।

भक्तपुर मध्यपुर थिमि नगरपालिका १ मनोहरा-जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्टहाउसमा आर्थिक अवस्था नाजुक भएका बालिकाहरुलाई राम्रो आम्दानी हुने वेटरको काममा लगाईदिने भनि प्रलोभनमा पारी काममा राखी केही समय पछी गेष्टहाउसमा आएका ग्राहकहरुसँग बसेर खान लगाई धेरै बिल उठाउने काममा लगाउने गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

गेष्टहाउसको कोठामा बालिकाहरुलाई राखी ग्राहकहरुको रोजाईमा बालिकाहरुलाई शारीरिक सम्पर्क राख्न लगाउने गरेको पीडित बालिकाहरुले बताएका छन् ।

पीडित बालिकाहरुलाई खरेलले पटक-पटक यौन शोषण गर्नुका साथै गेष्टहाउसमा आएका ब्यक्तिहरुसँग प्रतिब्यक्ति एक हजार देखि पाँच हजार सम्म लिई बालिकाहरुलाई शारिरीक सम्पर्क राख्न लगाई बेश्यावृत्तिमा लगाएको खुल्न आएकाे छ ।

उक्त गेष्टहाउसबाट प्रयोग भएका तथा नभएका अस्थाई साधन, प्रेग्नेन्सी टेष्ट किट र गर्भ निरोधक औषधी समेत फेला परेको छ ।
उक्त कार्यमा संलग्न बीर बहादुर सिंतान र सुबिलाल सिंतानलाई २४ गते नै पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएकोमा मुद्दा दर्ता भई थप अनुसन्धान भईरहेकाे छ ।