साउन ९ गते बुधबार, यस्तो तपाईंको राशिफल


 

मेष: दिन शुभ छ । आर्थिक लाभ होला । परिवार–सुख, उत्तम भोजन, सुख–सन्तोष मिल्नेछ ।

वृष: सानै प्रयासमा कार्य सिद्धि होला । शारीरिक स्वस्थता, हर्षविभोर र सुखानुभूति हुने देखिन्छ ।

मिथुन: सतर्क रहनुहोला । राज्यबाट भय, मान–प्रतिष्ठामा आघात, अनिच्छित यात्रा होला ।

कर्कट: दिन फलदायक छैन । रोग लाग्ने सम्भावना, धनहानि, कार्यमा बाधा आउने देखिन्छ ।

सिंह: शुभ समय आएकाले धन प्राप्ति, रोकिएका काम बन्ने, पुरस्कार–सम्मान पाइने सम्भावना छ ।

कन्या: दिन खुशीयालीमै बित्नेछ । आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख हुने देखिन्छ ।

तुला: अशुभ समयको आगमनले काममा असफलता, सन्तान–कष्ट, वायुजन्य रोगको भय होला ।

वृश्चिक: अपच–ग्यास्ट्रिकको सम्भावना, विवाद, दौडधुपको सम्भावना भएकाले सतर्क रहनुहोला ।

धनु: समय शुभ फलदायक छ । द्रव्यलाभ, मान–सम्मान, पराक्रम–उन्नति, कार्य सफल हुने देखिन्छ ।

मकर: समय उपयुक्त देखिँदैन । सामान्य गल्तीले धन–नाश, अस्थिरता, आँखामा समस्या आउन सक्छ ।

कुम्भ: शुभ समय आएको छ । खाद्यसामग्री–उपहारादि वस्तु प्राप्ति, उत्तम भोजन, भाग्योदय होला ।

मीन: धन नोक्सानी, रोग–चोटपटकको भय देखिएकाले सतर्क रहनु नै बुद्धिमानी हुनेछ ।